३ चैत्र २०८१, सोमबार

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरूले गरे स्वागत

प्रकाशित मिति :  9 March, 2025 4:31 pm


काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् ।आइतवार पोखरबाट एक हप्ताको भ्रमणपछि उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ फर्किएका हुन् ।

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरूले फूलमालाले स्वागत गरेका छन् । स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् । पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरू विमानस्थल पुगेर स्वागत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !