२४ बैशाख २०८१, सोमबार

रोल्पामा आन्तरिक मामिला मन्त्रालयको गाडीद्धारा बालकलाई ठक्कर, गाडी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  4 June, 2020 7:14 pm


इलाका प्रहरी कार्यालय घर्तीगाँउको नियन्त्रणमा रहेको प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडि

रोल्पा, २२ जेठ ।

प्रदेश  ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीले रोल्पामा १४ वर्षीय बालिकालाई ठक्कर दिएको छ ।  बुटवलबाट रोल्पा आएको लु १ झ ४१२ नम्बरको मन्त्रालयको गाडीले ठक्कर दिँदा माडी गाँउपालिका—४ का १४ वर्षीय नविन बुढा घाईते भएका छन् ।

बालकलाई उपचारका लागि बुटवल लगिएको छ । गाडीमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीका दाईका छोरी ज्वाइँ चढेका थिए । गाडी मन्त्री केसीका भतिजा अजेन्द्र केसीले चलाएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाँउका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले गाडीलाई नियन्त्रणमा लिएर राखेको बताए । चालकलाई भने प्रहरीले छोडेको छ ।



प्रतिक्रिया दिनुहोस !