२६ असार २०८२, बिहिबार

मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

प्रकाशित मिति :  10 March, 2025 5:59 pm


काठमाडाैँ । संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।

सोमवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूकाे बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिष्थापन विधेयकहरुको प्रक्रिया अघि बढाइने बताए ।

उनले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए । 

छलफलमा लोकतन्त्र र गणतन्त्रका बिरुद्धमा केही अराजकतावादी शक्तिहरूले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !