२६ असार २०८२, बिहिबार

पूर्वराजा शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कार्यहरू बढ्दै गएः महेश बर्तौला

प्रकाशित मिति :  11 March, 2025 2:23 pm


काठमाडाैँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरू भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताएका हुन् । उनले यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको उल्लेख गर्दै संविधान प्रतिकुल कार्य भएको टिप्पणी गरे ।

“पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र उक्सावटबाट समाजमा संविधान विपरितका कार्यहरु भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरू गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने खालका संविधान विरोधि क्रियाकलापहरु भइरहेका छन् । यी सबै क्रियाकलापहरू गर्न पूर्वराजा शाहले उक्साइरहेका छन्,” उनले भने ।

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने उल्लेख गर्दै संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न समेत चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !