सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल

काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ । वर्तमान सरकार र सत्तारुढ दलहरुले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको अध्यक्ष दाहालको आरोप छ । उनले सरकारले प्रतिपक्ष र जनतलाई महत्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बताए ।
“यो दुई तिहाई नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईहरुलाई गम्भिर रुपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो संख्याको अहंकार त छदैछ । त्यो अहँकारकबाट सत्ताको दुरुपयोग सुरू भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिेने अवस्था आएको छ । र तपाईहरूलाई लागेको होला हामीसँग दुई तिहाई छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ,” उनले भने ।
उनले वर्तमान सरकारको जन्म नै लोकतन्त्र र संविधान विरोधी कदमबाट भएको टिप्पणी गरे ।