काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरूको धर्ना
प्रकाशित मिति : 11 March, 2025 3:28 pm

काठमाडाैँ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।
मंगलवार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले पार्टी केन्द्रिय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् । राजनीतिक दलहरुका केन्द्रिय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलवार काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।
उनीहरूले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रूपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।