जनप्रशासन क्याम्पसमा क्रान्तिकारी-नेविसंघ गठबन्धन, अनिकेत अध्यक्षका उम्मेदवार

काठमाडौं । चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ।
जस अनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी अध्यक्षको उम्मेदवार बनेका छन्। तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपाध्यक्ष हुन्। प्रत्यक्ष तर्फ नेविसंघले सचिव र कोषाध्यक्ष पद पाएको छ।
जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। प्रत्यक्ष तर्फ अखिल क्रान्तिकारीले अध्यक्ष र चारवटा सदस्य पद पाएको छ भने नेविसंघले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ।
त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ। एमाले निकट अनेरास्ववियूबाट अग्र बहादुर शाहीले सभापतिको उम्मेदवारी दिएका छन् भने शंखर दुबे सचिवको उम्मेदवार बनेका छन्।
त्यस्तै समानुपातिक तर्फ नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन्।
जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिक चर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।