१६ आश्विन २०७९, आइतबार

रोल्पा बम विष्फोटमा मृत्यु भएकाका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने संघीय सरकारको निर्णय

प्रकाशित मिति :  4 June, 2020 10:39 pm


काठमाण्डौं, २२ जेठ ।

रोल्पाको त्रिवेणी गाँउपालिकामा बम विष्फोटमा मृत्यु भएकाका परिवारलाई संघीय सरकारले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँका दरले पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको उर्जा मन्त्री वर्षमान पुनले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।

वैशाख १८ गते बेवारिसे बम विष्फोट हुँदा बाख्रा चराएर घर फर्किरहेका त्रिवेणी गाँउपालिकाका १५ बर्षीय नोखिराम डाँगी,१३ बर्षीय गौरव नेपाली,११ बर्षीया विमला के।सी र ५ बर्षीय विजय के.सी.को घटनास्थलमै ज्यान गएको थियो ।

जेठ १ गते प्रदेश-५ सरकारले बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । संघीय सरकारले पनि मृतकका परिवारलाई ५ ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !