समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौँ । प्रमुख विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्दैछ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बैठक बस्ने तय भएको नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार समाजवादी मोर्चाले आगामी फागुन १५ गते काठमाडौँमा आयोजना गर्न लागेको विरोध सभाको तयारीलाई मूख्य एजेन्डाका रूपमा बैठकमा छलफल गर्नेछ।
साथै, समसामयिक राजनीतिक विषयवस्तुमा समेत विस्तृत छलफल गरी आवश्यक निर्णय लिने कार्यक्रम रहेको छ। चार दल सम्मिलित समाजवादी मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) रहेका छन्।
मोर्चाले हालै सरकारको नीतिगत निर्णयहरू, संविधानको कार्यान्वयन प्रक्रिया र समसामयिक विषयहरूमा एकीकृत धारणा बनाउन बैठक आयोजना गर्दै आएको छ। बैठकबाट विरोध सभाको कार्यसूची, नाराहरू र मोर्चाको रणनीति तय हुने बताइएको छ।