प्रतिनिधि सभाको बैठक आज बस्दै : विभिन्न विधेयकमाथि छलफल हुने
प्रकाशित मिति : 16 March, 2025 8:49 am

दाङ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकको कार्यसूचीमा तीन महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने भएको छ ।
बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, तथा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरिने प्रस्ताव पेश गरिनेछ ।
उक्त छलफलमार्फत आर्थिक तथा व्यवसायिक सुधार, वित्तीय उत्तरदायित्व र निजीकरण सम्बन्धी कानुनी परिमार्जनलाई अगाडि बढाउने विषयमा सांसदहरूले धारणा राख्नेछन् । संसद बैठकमा विधेयकहरूलाई थप परिमार्जन गर्दै आवश्यक कानुनी प्रक्रियामा लैजाने तयारी भएको छ ।