२० मंसिर २०८२, शनिबार

दुई संसदीय समितिको बैठक आज बस्दै : महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

प्रकाशित मिति :  16 March, 2025 8:51 am


दाङ । संघीय संसदअन्तर्गत् आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ। बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।

यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

यी बैठकहरूमा सम्बन्धित विधेयकहरूको कानुनी अध्ययन, परिमार्जन तथा आवश्यक सिफारिसहरूबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !