२६ असार २०८२, बिहिबार

एमाले सचिवालय बैठक बस्दै : समसामयिक राजनीतिक विषयमा छलफल हुने

प्रकाशित मिति :  17 March, 2025 9:04 am


काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।

बैठकमा पछिल्लो समय राजनीतिक वृत्तमा उठिरहेका विभिन्न विषयहरू, सरकार सञ्चालनका चुनौतीहरू, पार्टी संगठन सुदृढीकरण तथा अन्य आन्तरिक एजेन्डाहरूमा गहन छलफल हुने जनाइएको छ ।

साथै, पछिल्ला दिनहरूमा भएका राजावादीहरूको प्रदर्शनबारे पनि बैठकमा छलफल गरिनेछ । एमाले महासचिव शङ्कर पाेखरेलले बैठकले पार्टीको भावी रणनीति तय गर्नुका साथै मुलुकको राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा स्पष्ट गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !