२६ असार २०८२, बिहिबार

इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न माग

प्रकाशित मिति :  17 March, 2025 12:46 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपुर्ति दिन समेत माग गरेका हुन् । दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको २ चैतमा मृत्यु भएको छ ।

घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो । गैरकानूनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिए पछि हवाई टिकट रद्द गरिएको थियो । 

अब उनको शव नेपाल पठाउन करिव दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिवन्ध लगाएको इराकमा करिव २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआएनएको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस !