२३ बैशाख २०८१, आइतबार

रुकुम पश्चिमको चौरजहारी घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

प्रकाशित मिति :  5 June, 2020 12:26 pm


काठमाण्डौं, २३ जेठ ।  

रुकुम पश्चिमको चौरजहारी घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।

दलहरूसँग परामर्श गरेर छानबिन समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले जानकारी गराएका छन् ।  गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा आफ्नी प्रेमिकालाई लिन भन्दै जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप हुँदा ६ जना युवाको मृत्यु भएको थियो ।

उनीहरुको शब भेरी नदिमा भेटिएको थियो । घटना जातीय विभेदका कारण नै भएको भन्दै पक्ष प्रतिपक्ष दलका सांसदले संसदीय छानविन समितिको माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !