२३ बैशाख २०८१, आइतबार

अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललाई पर्सी अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाशित मिति :  5 June, 2020 2:43 pm


काठमाण्डौं, २३ जेठ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीस अनिलकुमार सिन्हाको इजलासले ढकाललाई पर्सी १० बजे उपस्थित गराउन आदेश दिएको हो । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, एकराज भण्डारी, अधिवक्ता कान्तीराम ढुंगाना,अर्जुन महर्जन लगायतले बहस गरेका थिए ।

सर्वोच्च अदालते विपक्षी महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गर्दै यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु पर्ने भए आधार कारण खुलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ साथ बन्दीलाई मिति २०७७।२।२५ गतेका दिन विहान १०ः०० बजे उपस्थित गराउनु भनेको छ ।

अदालतले भनेको छ,‘भनी प्रस्तुत आदेश र रिट निवेदनको एकरएक प्रति नक्कल समेत साथै राखी विपक्षीहरुको नाउँमा आजै इमेलमार्फत म्याद सूचना पठाई म्याद सूचना पठाएको जानकारी टेलिफोन मार्फत गराई प्रस्तुत रिट निवेदन सुनुवाईको लागि उपरोक्त बमोजिम मिति २०७७। २।२५ गतेको पेशी तोकी नियमानुसार पेश गर्नु ।’

अधिवक्ता समेत रहेका अध्यक्ष ढकाललाई अस्ति माइतिघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !