पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरू गर्न लागेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर बिरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल सुरू गरेको बताएका हुन्।
उनले राम्रो काम गर्दा बिरोध सुरू हुने गरेको भन्दै बिरोधका लागि बिरोध नगर्न आग्रह गरे । उनले भूमि सम्बन्धी अध्यादेश भूमि सम्बन्धी समस्याहरू समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।
मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले आफ्ना कामहरू सुरू गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने बताए ।