संसदमा काँग्रेस प्रमुख सचेतक घिमिरेले माफी मागे
प्रकाशित मिति : 19 March, 2025 12:11 pm

काठमाडाैँ । प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले माफी मागेका हुन्। आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने बताएका थिए । मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो ।
उनले उक्त धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको समेत बताए ।आफ्नो विचारले सदनका सदस्यहरु र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै क्षमायाचना गरेका छन् ।