मधेशका महिलाहरूलाई अवसर दिन जरुरी छः उपसभामुख राना

काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरूलाई अवसर दिन जरुरी रहेको बताएकी छन् ।बिहीवार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताएकी हुन् ।
उनले जातिय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरिन् । उनले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताइन् । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बताइन् ।
“आज मधेसका हरेक महिलालाई अपच्र्युनिटी दिनुपर्छ । अहिले पनि जातिय कुराले हामीलाई समस्या पारेको छ । मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ,” उनले भनिन् ।
उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरू तोड्न जरुरी रहेको बताइन् ।