२२ मंसिर २०८२, सोमबार

छाङ्गरु पुग्ने घोडेको बाटो निर्माणका लागि ५ करोड बजेट दिइसकेका छौँः प्रधानमन्त्री

प्रकाशित मिति :  20 March, 2025 2:00 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणको काम भइरहेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले स्थानीयहरूको माग बमोजिम सडक निर्माणका लागि पाँच करोड बजेट निकासा भएको बताएका हुन् । उक्त मार्ग निर्माण पूरा भएपछि आफ्नो देशको भूभागमा जान छिमेकी देशको बाटो प्रयोग गर्न नपर्ने उनको भनाइ छ । 

“दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपटि नेपालका छाङ्गरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन । अहिले त्यस सम्बन्धमा तत्कालका लागि अर्को देशको बाटो भएर जान नपरोस् आफ्नो देश आफ्नै बाटो भएर जान पाइयोस् भनेर त्यहाँका जनताले माग राख्नुभए बमोजिक तत्कालका लागि कति बजेट चाहिन्छ भन्दा पाँच करोड बजेट चाहिन्छ त्यति बेजेट भयो भने हामी घोडेटो बाटो बनाउन सक्छौँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरूमा सडकमार्ग पु¥याउने काम भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !