१ श्रावण २०८२, बिहिबार

शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रकाशित मिति :  20 March, 2025 2:43 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्नेकुरामा सरकार संवेदनशील एवं गम्भिर रहेको समेत बताएका हुन् ।

उनले वेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो पटक संशोधन गरिएको समेत बताए । उनले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया यथासक्य छिटो सुरू गर्ने समेत प्रतिवद्धता जनाए ।

“द्धन्द्धकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाउन भन्ने कुरामा सरकार संवेदनशील एवं गम्भिर छ । शान्ती प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियामा आम सरोकारवालाहरुसँगको परामर्शमा बेपत्ता पारिएका व्यक्तिको छानविन, बेपत्ता तथा मेलमिलाप आयोग ऐन, २०७१ तेस्रो संशोधन भएको छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !