नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था छैनः प्रथम राष्ट्रपति यादव
प्रकाशित मिति : 20 March, 2025 5:42 pm

काठमाडाैँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था नरहेको बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुशीका साथ राख्न नसक्नु रहेको बताएका हुन् । उनले सरकारले आफ्ना युवाहरु स्वदेशमै राख्नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।
उनले आफ्नो देशको समस्या बुझेर काम गर्न जरुरी रहेको बताए । अध्ययनसहितको विकास हुन नसकेको प्रति दुःख व्यक्त गरे ।यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताए । देशको समस्या बुझ्न नसक्ने मानिस उत्पादन गर्न जरुरी रहेको बताए ।