शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो
प्रकाशित मिति : 21 March, 2025 11:14 am

काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।