८ जेष्ठ २०८१, मंगलबार

सीमा तनाव कम गर्न चीन र भारतबीच आज वार्ता, लेफ्टिनेन्ट जनरल स्तरीय वार्ता हुने

प्रकाशित मिति :  6 June, 2020 7:58 am


काठमाडौं, २४ जेठ ।

चीन र भारतबीच सीमा क्षेत्रमा देखिएको सैन्य तनाव कम गर्न आज दुबै देशका लेफ्टिनेन्ट जनरल स्तरमा वार्ता हुने भएको छ । दुई देशबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चलिरहेको छ भने सैन्य तनाव बढेको छ ।

खास गरि लद्दाखको त्सो ताल तथा पूर्वी लद्दाखको गलवान घाटीको संवेदनशील क्षेत्रमा विवाद बढेको हो । दुईदेशबीच लेफेटिनेन्ट जनरल स्तरमा वार्ता हुन लागेको भारतको तर्फबाट पहिलो घटना हो । भारत तथा चीनबीचको नियन्त्रण रेखामा नजिकै चुशूल-मोल्दोमा रहेको भारतीय बोर्डर प्याइन्टमा वार्ता हुँदैछ ।

बैठकमा भारतका तर्फबाट १४ औं कोर कमाण्डर लेफ्टिनेन्ट जनतर हरिन्दर सिंह सहभागि हुनेछन् । चीनको सेनाले भारतीय सीमा अतिक्रमण तिब्र बढाईरहेको दाबी गर्दै भारतीय मिडियाले यो क्रम अहिले अलि बढी नै भएको टिप्पणी गरेका छन् ।

यसअघि मेजर जनरल स्तरमा वार्ता भएपनि समाधान नभएपछि भारतले लेफ्टिनेन्ट जनरल तहमा वार्ता गर्न लागको हो । यसले पनि भारत र चीनबीच सीसमा समस्या कति गम्भीर छ भनेर पुष्टि गरेको दाबी गरेका छ्न ।



प्रतिक्रिया दिनुहोस !