६ बैशाख २०८२, शनिबार

स्याङ्जाकाे वालिङमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु

प्रकाशित मिति :  23 March, 2025 4:22 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ६ माझकोटमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज बिहान करिब ३ बजे वालिङ–चापाकोट भित्री सडक खण्डमा ग १ ज ७५११ नम्बरको सवारी साधन सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा वालिङ नगरपालिका वडा नम्बर ७ हिलापानीकी ४८ वर्षीया दिल सरा आलेको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका क्रममा सवारी चालक भने फरार भएका थिए उनलाइ प्रहरीले वालिङ नगरपालिका वडा नम्बर ६ लसुनेबेसारे डाँडाबाट उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा पुर्‍याएको जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !