६ असार २०८२, शुक्रबार

घोराहीको खैरास्थित साङ्ग्रिला प्लाइ उद्याेगमा भीषण आगलागी , नियन्त्रणकाे प्रयास जारी

प्रकाशित मिति :  24 March, 2025 8:03 am


दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङग्रिला प्लाइ उद्योगमा मध्यरातिदेखि लागेको भीषण आगलागी नियन्त्रण प्रयास जारी छ ।

आगो निभाउन जिल्लाका सबै दमकल, पानी बोकेका ट्याङ्करहरू परिचालन गरिए पनि आगलागीको तीव्रता नघटेपछि छिमेकी जिल्ला कपिलबस्तुबाट थप दमकल मगाइएको छ । बाँके जिल्लाबाट समेत दमकलको सहायता मागिएको छ।

जिल्लाका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहका अनुसार आगलागीबारे प्रहरीलाई राति २ बजेपछि मात्रै खबर आएको थियो । स्थानीय बासिन्दाहरूले भने राति १ बजेदेखि नै आगलागी सुरु भएको बताएका छन् । आगो नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीय बासिन्दाहरू समेत सक्रिय छन् ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन भने आगो पूर्ण रूपमा नियन्त्रणमा लिन अझै केही समय लाग्ने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !