घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 24 March, 2025 12:03 pm
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बजारमा आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।








