६ बैशाख २०८२, शनिबार

स्याङ्जामा नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता, खोजी कार्य जारी

प्रकाशित मिति :  24 March, 2025 12:57 pm


संकेतिक फाइल फोटो

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १ तेउनास भन्ने स्थानमा एक व्यक्ति कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा पाल्पा, रामपुर नगरपालिका वडा नम्बर १० कुमालटोलका ५८ वर्षीय मेघनाथ कुमाल रहेका छन्। उनी बैदेशिक रोजगारीका लागि बाहिर रहेकी छोरीलाई सामान पठाउन भन्दै घरबाट हिँडेका थिए तर निर्धारित स्थानमा नपुगी उनले कालीगण्डकी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारी जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ। स्थानीयवासीको सहयोगमा नदी किनार र आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको छ। प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस !