२४ बैशाख २०८१, सोमबार

पाल्पाका एक वडा अध्यक्ष घुससहित पक्राउ

प्रकाशित मिति :  6 June, 2020 1:10 pm


रुपन्देही, २४ जेठ ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष घुससहित पक्राउ परेका छन् ।

वडा अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना गाउँपालिका सालझण्डिबाट पक्राउ गरेको हो ।

उनलाई ३ लाख रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । स्थानीय तहमा ठेक्का मिलाईदिएको भन्दै ठेकेदारसँग वडा अध्यक्ष पुनले ३ लाख रुपैया लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !