२६ असार २०८२, बिहिबार

मंगलबार ५६ अंकले घट्यो नेप्से

प्रकाशित मिति :  25 March, 2025 3:16 pm


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ अंकमा झरेको छ ।

आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड २० लाख ७ हजार १६५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ ।

कुल ३२५ कम्पनीको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७०८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !