६ बैशाख २०८२, शनिबार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते

प्रकाशित मिति :  26 March, 2025 8:37 pm


दाङ । अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शन गरेर फर्किंदै गरेको यात्रुबहाक बस दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलका अनुसार लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका-२, भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो ।

उनले दुर्घटना बुधबार साँझ करिब ५:४५ बजे भएको हो । ‘‘सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो, एक्कासी दुर्घटना भयो । उपचारका क्रममा चार जनाको मृत्यु भएको छ’‘, इन्स्पेक्टर पौडेलले भने ।

मृत्यु हुनेहरू तीन महिला र एक पुरुष रहेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते २७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !