स्याङ्जामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपी पक्राउ
प्रकाशित मिति : 27 March, 2025 10:38 am
स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय सुन्दर गौतमले १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पीडित बालिकाका अभिभावकले गत चैत ९ गते जाहेरी दिएका थिए । अभिभावकको जाहेरीका आधारमा प्रहरीले गौतमलाई चैत १२ गते पक्राउ गरेको हो।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। स्याङ्जा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए।








