२२ मंसिर २०८२, सोमबार

प्रतिपक्षीले संसद अवरुद्ध पारेर मुलुकलाई कानूनविहिनतामा धकेल्न खोज्योः प्रधानमन्त्री

प्रकाशित मिति :  27 March, 2025 3:08 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको बताएका छन् ।

बिहीवार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताएका हुन् । सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए ।

प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनको तर्क छ । उनले विद्युत प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंशा गरिएको समेत बताए । 

प्रतिपक्षी दलहरूले जानी जानी मुलुकलाई कानूनहरुबाट भ्याकुममा राख्ने काम गरिएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस !