२२ मंसिर २०८२, सोमबार

बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  28 March, 2025 3:30 pm


लुम्बिनी । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार(प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।

लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन् ।

“गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,” उनले भनिन् , “त्यसैले बुद्धका शान्ति,घ करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।”

लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस !