सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 30 March, 2025 12:35 pm

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत चैत १५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार २ रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५ रुपैयाँ कायम भएको छ ।