२० मंसिर २०८२, शनिबार

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

प्रकाशित मिति :  31 March, 2025 8:58 am


काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कमल गिरी अध्यक्षमा निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार गिरीले ३६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गरेका थिए ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्ष खुलातर्फ रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम विजयी भएका छन् भने उपाध्यक्ष (महिला) मा शान्ता अधिकारी र उपाध्यक्ष (समावेसी) मा दीपक श्रेष्ठ निर्वाचित भएका छन् ।

महासचिवमा मनोज घर्तीमगर विजयी भएका छन् भने उपमहासचिव (महिला) मा लक्ष्मी आचार्य, उपमहासचिव (दलित) मा हरिश बिक, उपमहासचिव (मधेशी) मा अनिल मिश्र, उपमहासचिव (आदिवासी जनजाति) मा बुद्ध लोप्चन निर्वाचित भएका छन् ।

त्यसैगरी, उपमहासचिव खुलातर्फ ज्ञानप्रसाद पौडेल, खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा विजयी भएका छन् । सचिव (महिला) मा अञ्जली थापा र सचिव (समावेसी) मा अवतार राई निर्वाचित भएका छन् ।

सेन्टरको कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई विजयी भएका छन् । अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे तथा सचिवमा कृष्ण लेकाली निर्वाचित भएका छन् ।

महाधिवेशनअन्तर्गत २९ पदाधिकारी चयन गर्ने क्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित विभिन्न १२ पदका लागि मतदान भएको थियो, जसबाट १७ पदाधिकारी निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !