२० मंसिर २०८२, शनिबार

एमालेले गणतन्त्र पक्षमा आज देशभर जागरण सभा तथा मोटरसाइकल र्‍याली आयोजना गर्दै

प्रकाशित मिति :  31 March, 2025 9:26 am


दाङ । नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा आज देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरूमा जागरण सभा तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्दै छ । काठमाडौँ उपत्यकामा संयुक्त रूपमा मोटरसाइकल र्‍याली आयोजना गर्न लागेकाे केन्द्रीय कार्यालय च्यासलले जनाएकाे छ ।

महाचिव शङ्कर पाेखरेलले गणतन्त्रको समर्थनमा आयोजित यस अभियानमा सहभागी हुन नागरिकहरूलाई आ-आफ्नो स्थान अनुसार उपस्थित हुन आह्वान गरेका छन् ।

काठमाडौँ उपत्यकाको हकमा आज साँझ ४ बजे तिनकुनेबाट मोटरसाइकल र्‍याली सुरु हुने बताइएको छ । महासचिव पाेखरेलका अनुसार र्‍याली लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा प्रतिगमनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभएर आम जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भएको बताएका छन् ।

उनले गणतन्त्रप्रति दृढ प्रतिबद्धता जनाउन तथा यसको विरुद्ध भइरहेका प्रतिगमनका प्रयासलाई नाकाम पार्न सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

गणतन्त्रको संरक्षण र प्रवर्द्धनका लागि जनस्तरबाट व्यापक सहभागिता आवश्यक रहेको भन्दै उनले नागरिकहरूलाई जागरूक हुन आग्रह गरेका छन् । उनले गणतन्त्रको पक्षमा भइरहेको अभियानले मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरेका छन्।



प्रतिक्रिया दिनुहोस !