स्याङ्जामा नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ
प्रकाशित मिति : 31 March, 2025 1:01 pm
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० फुलबारी चोकस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले एक व्यक्तिलाई नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतबार साँझ ७:२० बजे वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको गाडी चेकजाँच गर्ने क्रममा खैरो झोलाभित्र लुकाइएका ५५ क्याप्सुलट्रामाडोल हाइड्रोक्लोराइड फेला पारेको हो।
प्रहरीले लागुऔषधसहित चितवन भरतपुर महानगरपालिका वडा नम्बर २९ बस्ने २७ वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको छ। आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिएका छन्।








