२६ असार २०८२, बिहिबार

संवैधानिक परिषद् संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

प्रकाशित मिति :  31 March, 2025 4:02 pm


फाइल फाेटाे।


काठमाडौँ । प्रतिनिधि सभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

सोमवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

नयाँ संशोधन अनुसार, संवैधानिक परिषद्ले सर्वसम्मतिबाट निर्णय गर्न नसकेमा प्रधानमन्त्री (अध्यक्ष) र तत्काल बहाल रहेका सदस्यहरूको ५० प्रतिशत बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।

संवैधानिक परिषद् नेपालको प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू तथा अन्य उच्च पदस्थ व्यक्तिहरूको सिफारिस गर्ने निकाय हो । परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख, र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहन्छन् । विधेयक पारित भएसँगै संवैधानिक नियुक्ति प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !