१६ आश्विन २०७९, आइतबार

सिंहदरबारबाट आज्ञा हुने सिंहहरु गएर स्थानीय तहमा शासन चलाईरहेका छन् : सांसद मुसलमान

प्रकाशित मिति :  7 June, 2020 12:31 pm


काठमाडौं, २५ जेठ ।

सांसद अतहर कमाल मुसलमानले अहिलेपनि सिंहदरबारबाट आज्ञा हुने सिंहहरु गएर प्रत्येक स्थानीय तहमा आफ्नो शासन चलाईरहेको टिप्पणी गरेका छन् ।

बजेट विनियोजन विधेयकमाथीको छलफलमा भाग लिंदै सांसद मुसलमानले सांसदले विकासका लागि भन्दै बजेट लिएकोप्रति आपत्ति जनाउँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘संविधान निर्माण गरेपछि हामी संघीयताम गयौं । संघीयतामा जानुको अर्थ के थियो भने विकास निर्माणका सम्पूर्ण कार्यहरु स्थानीय स्तरबाट प्रत्येक जनताले आफ्नो घरदैलोबाट अधिकार पाएर अगाडी बढ्ने छन् । अहिलेको अवस्थामा हेर्ने हो भने सिंहदरबारको दरबारबाट आज्ञा हुने सिंहहरु नै गएर प्रत्येक स्थानीय तहमा आफ्ना शासन चलाईरहेका छन् ।’

सांसद मुसलमानले यसरी नै अधिकारहरु कटौटी गर्दै जाने हो भनेसंघीयता ल्याएको के को लागि ल्याएको हो भन्दै प्रश्न गरे । अहिले जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय निकायमा गएका प्रमुख प्रसाशकीय अधिकृतहरु ज्नप्रतिनिधिको मानमर्दन गरिरहेको उनको गुनासो थियो ।

अहिले कोरोना भयवह स्थितिमा पुगिसकेको भन्दै सांसद मुसलमानले  केन्द्रमा बनेको कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको समेत आलोचना गरे ।

उनले भने,‘ कोरोना यो परिस्थितिमा पुग्दापनि हामीले चिन्दै नचिनेको उच्चस्तरीय संयन्त्र छ । उसले भाषण गर्छ बजेट विनियोजनका खर्चहरु देखाउँछ । १० अर्ब भन्दा बढी खर्च भईसक्यो तर स्थानीय तहलाई थाहा छैन । कति खर्च भएको छ सदनलाई पनि थाहा छैन । कसैलाई पनि थाहा छैन पैसा कुन निकायमा पैसा खर्च भयो ।’

अहिले स्थानीय तहमा जनता आरडीटीको भरमा घरमा फर्कीरहेको मृत्यु भएपछि पीसीआर पोजेटिभ देखिएको भन्दै स्थिति जटिल बनेको उल्लेख गरे । उनले गाँउ गाँउमा अहिले कोरोनाले तहल्का मच्चिएको बताए ।



प्रतिक्रिया दिनुहोस !