२० मंसिर २०८२, शनिबार

रास्वपा सभापति रवि लामिछाने पक्राउ

प्रकाशित मिति :  4 April, 2025 9:54 pm


काठमाडौँ । संगठित सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत बुटवलको आदेशपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार उच्च अदालत बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । आदेशपछि प्रहरीले उनको बुढानीलकण्ठस्थित निवासमा पुगेर नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई आजै बुटवल, भैरहवा लगिने तयारी गरिएको छ ।

रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेशविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए । तर, अदालतले धरौटीमा रिहा गर्ने निवेदन अस्वीकार गर्दै उनलाई थुनामा राख्न आदेश दिएको हो ।

लामिछानेविरुद्ध संगठित रूपमा ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । उनको गिरफ्तारीपछि राजनीतिक वृत्तमा चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस !