८ जेष्ठ २०८१, मंगलबार

‘चरित्र हत्या हुने गरि समाचार आयो’

प्रकाशित मिति :  7 June, 2020 5:21 pm


रोल्पा, २५ जेठ ।

रोल्पाको रुन्टिगढी गाउँपालिकाले केही अनलाईनमा गाँउपालिका र गाँउपालिकाका जनप्रतिनिधिको चरित्र हत्या हुने गरि समाचार आएको भन्दै ध्याकर्षण भएको जनाएको छ ।

कार्यपालिकाको बैठकपछि विज्ञप्ति जारी गर्दै गाँउपालिकाले भ्रामक र कपोकल्पित समाचार आएको भन्दै गाँउपालिकाले खण्डन गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न गाउँपालिका संवेदनशील र गम्भीर रहेको भन्दै भ्रममा नपर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

गाउपालिकाले भनेको छ,‘ गाउँपालिका अध्यक्षको तस्वीर नै राखेर गाउँपालिका, अध्यक्ष र केही कर्मचारीहरुको समेत मान मर्दन हुने, चरित्र हत्या हुने र भ्रम श्रृजना गर्ने नियतवस उक्त समाचार तयार गरेको, प्रकाशन गरेको र प्रचार गरेको स्पष्ट हुन्छ ।’

गाउँपालिकाले गरेका विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम तथा सम्मेलनहरु, विकास निर्माणका कार्यहरु, वहुवर्षीय, बहुआयामिक विकासका आयोजनाहरुलाई सस्तो रुपमा आँकलन गरी तथ्यहीन तरीकाले भ्रम छर्ने र गाउँसभाले अंगिकार गरेको असल नीति तथा कार्यक्रमलाई बंगाएर तोडमोड गरेको गाँउपालिकाको दाबी छ ।

समाचार लेख्ने अनलाईन दर्ता समेत नभएको अनाधिकृत रहेको भन्दै प्रवक्ता जगतबहादुर घर्तीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘रुपमा अवैधानिक तरीकाले अनलाईन संचालन गर्ने र नियतवस व्यक्तिहरुको चरित्र हत्या गर्ने यस्तो घृणीत, कपोकल्पीत र गैरकानुनी कार्य दण्डनीय छ ।’



प्रतिक्रिया दिनुहोस !