२३ बैशाख २०८१, आइतबार

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल रिहा

प्रकाशित मिति :  7 June, 2020 8:04 pm


काठमाडौं, २५ जेठ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएका छन् ।

सर्वोच्च अदालतको आदेशमा ढकाल आज रिहा भएका हुन् । काठमाण्डौंको माइतिघर मण्डलाबाट पक्राउ परेका ढकालको रिहाईका लागि अधिवक्ता कान्तीराम ढुंगानाले बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए ।

रिटमाथीको सुनुवाई गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले ढकालको गिरफ्तारी गैरकानूनी भन्दै रिह ागर्न आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !