२१ बैशाख २०८१, शुक्रबार

सगरमाथाको वास्तविक उचाईको घोषणा छिट्टै हुन्छ : मन्त्री अर्याल

प्रकाशित मिति :  8 June, 2020 2:56 pm


काठमाडौं, २६ जेठ ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको वास्तविक उचाई निकट भविष्यमै घोषणा गर्ने बताएकी छन् ।

बजेटमाथीको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको प्रतिनिधिसभामा जवाफ दिदै मन्त्री अर्यालले नेपाल र नेपालीको राष्ट्रिय गौरवको प्रतीक सगरमाथाको सर्वेक्षण र उचाई मापनको कार्य विगतमा विभिन्न राष्ट्रहरुले आ–आफ्नै किसिमले गर्ने गरेको पाइएको भन्दै सरकारले अब आधिकारिक रुपमा घोषणा गर्न लागेको जानकारी दिईन् ।

मन्त्री अर्यालले भनिन्,‘नेपाल र नेपालीको राष्ट्रिय गौरबको प्रतीक सगरमाथाको सर्वेक्षण र उचाई मापनको कार्य विगतमा विभिन्न राष्ट्रहरुले आ–आफ्नै किसिमले गर्ने गरेको पाइयो। तर नेपालले अहिलेसम्म उचाइ मापन नगरेको कुरातर्फ ध्यानाकर्षित भई इतिहासमा पहिलो पटक आफनै श्रोत साधन र सीपबाट सगरमाथाको उचाई मापनको फिल्ड कार्य सम्पन्न भएको छ।’

नेपालले अहिलेसम्म उचाइ मापन नगरेको कुरातर्फ ध्यानाकर्षित भई इतिहासमा पहिलो पटक आफनै श्रोत साधन र सीपबाट सगरमाथाको उचाई मापनको फिल्ड कार्य सम्पन्न भएको समेत मन्त्री अर्यालले जानकारी दिईन् । उनले भनिन्,‘अव संगणना गरी वास्तविक उचाइको हिसाव निकट भविष्यमा घोषणा गर्ने तयारी रहेको छ।’

अहिले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ भनिएपछि नेपालले आधिकारिक रुपमा उचाई नापेर घोषणा गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !