बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैन- सभामुख

काठमाडाैँ । नेपालको सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । बुधबार झापामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले भने, “बजेट अधिवेशनमा बजेटसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिनुपर्ने भएकाले शिक्षकका मागमा आधारित शिक्षा विधेयकलाई टुङ्ग्याउन सम्भव छैन ।”
सभामुखका अनुसार बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखेर टुङ्ग्याउने प्रक्रिया कठिन छ, किनकि यो अधिवेशन बजेटसम्बन्धी विषयलाई प्राथमिकता दिनुपर्ने छ र बजेट असार महिनाभित्र पारित हुनुपर्ने आवश्यकता छ। उनले भने, “शिक्षा विधेयकलाई प्राथमिकता दिने कुरा अहिले सम्भव छैन ।”
सरकारले भने शिक्षकका मागलाई ध्यानमा राखेर वैशाख १२ गते बजेट अधिवेशन आह्वान गरेको छ। शिक्षकोंलाई वार्तामा बस्न आग्रह गरिएको छ, तर शिक्षक महासंघले ऐन जारी हुने विश्वसनीय आधार नभएको भन्दै आन्दोलनलाई अझ सशक्त बनाउन निर्णय गरेको छ।
सभामुख घिमिरेले भने, “शिक्षकहरूले ऐन चाहेको भए पनि सरकार र संसदको कार्य हो। ऐन तुरुन्तै जारी गर्न सक्नु हुँदैन।” उनले सरकार र शिक्षक महासंघबीच वार्ताको वातावरण बनाउनुपर्ने महत्त्व जोड्दै भने, “शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था छैन, वार्ता गरेर समाधान खोज्नु पर्छ ।”
शिक्षकहरूले विद्यालय शिक्षा ऐनको माग गर्दै १५ दिनदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि माईतीघर मण्डलमा सुरु भएको आन्दोलनले सरकारको ध्यान आकर्षित गर्न नसकेको आरोप शिक्षकहरूले लगाएका छन् ।
सभामुख घिमिरेको अनुसार, “शिक्षकका माग आर्थिक भार पर्ने खालका छन् जसलाई संविधानसँग मेल खाएर समाधान गर्नुपर्ने हुन्छ । सरकारले माग पूरा गर्ने प्रयास गर्दैछ, तर आन्दोलन गर्दै वार्तामा नबस्नु उचित होइन ।”
शिक्षक महासंघका नेता र सरकारका बीचमा वार्ता जारी छ, तर शिक्षकले ऐन जारी नभएसम्म वार्तामा सहभागी नहुने अडान लिएका छन् ।