१८ बैशाख २०८१, मंगलबार

रुपन्देहीमा भएको हत्याबारे छानविन गर्न एसएसपी नेतृत्वमा अनुसन्धान टोली गठन (अपडेट)

प्रकाशित मिति :  9 June, 2020 9:04 am


रुपन्देही, २७ जेठ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मा ५ जनाको विभत्स हत्याबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को नेतृत्वमा अनुसन्धान टोली गठन भएको छ ।

प्रदेश प्रहरी कार्यालय-५ का प्रवक्तासमेत रहेका एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको हो ।

अनुसन्धान टोलीले काम सुरु गरिसकेको प्रदेश ५ प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जानकारी गराएका छन् । हत्या आरोपमा सुर्खेत घर भएका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।

तिलोत्तमा नगरपालिका-१० को मैनहवास्थित भैँसी फार्ममा काम गर्ने ५ जनाको राती हत्या भएको थियो ।

       सम्बन्धित समाचार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको हत्या



प्रतिक्रिया दिनुहोस !