४ जेष्ठ २०८२, आइतबार

लुम्बिनी मन्त्रिपरिषद्को निर्णय : विषादी व्यवस्थापन विधेयक तयारीसहित तीन निर्णय

प्रकाशित मिति :  30 April, 2025 12:17 pm


दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको बैठकले सचिवहरूको जिम्मेवारी तोक्नुका साथै सवारी कर बाँडफाँडको सीमा निर्धारण र विषादी व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको हो ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा बसन्त प्रसाद कोइराला र वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रमोद भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने प्रस्तावलाई बैठकले स्वीकृति दिएको छ।

यससँगै बैठकले लुम्बिनी प्रदेशमा जीवनाशक विषादीको सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित विधेयकको मस्यौदा तयार गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता पन्थीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !