श्रमिक दिवसमा सञ्चार क्षेत्रका श्रमिक सम्मानित
दाङ । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सञ्चार क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सम्मान गरिएको छ। प्रेस चौतारी दाङको आयोजनामा आयोजित कार्यक्रममा रेडियो, पत्रिका तथा मुद्रण क्षेत्रका श्रमिकहरूलाई सम्मान गरिएको हो ।
पत्रिकामा कार्यरत मेसिन अपरेटरतर्फ नयाँ युगबोध दैनिकका मोहन चौधरी र गिरीराज तिवारी, रेडियो प्राविधिकतर्फ रेडियो प्रकृतिका मनु डिसी, रेडियो हापुरेकी जुनु खड्का, पत्रिका बितरक मीनराज गौतम, कम्प्युटर अपरेटर दीपक चौधरी र सविता रोका सम्मानित भएका छन् ।
प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् नेकपा (एमाले) का केन्द्रीय सदस्य घनश्याम पाण्डे प्रमुख आतिथ्यता र प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत र नारायणी रजौरे, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, तुलसीपुर उपमहानगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक दुजमान भण्डारी, आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमबहादुर राम्जा, नेकपा (एमाले) दाङका प्रचार विभाग प्रमुख संगीत बस्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले सञ्चार क्षेत्रमा श्रमिकको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सम्मानमार्फत श्रमको मूल्यांकन र आत्मबल वृद्धि हुने धारणा व्यक्त गरे । कार्यक्रमले श्रमिकको सम्मान र सामाजिक सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै श्रम दिवसको सार्थकता पुष्टि गरेको बताइएको छ ।








