२१ मंसिर २०८२, आइतबार

नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा

प्रकाशित मिति :  2 May, 2025 11:13 am


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमका सन्दर्भमा सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रवार दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नीति तथा कार्यक्रम वाचन गरिनेछ ।

यसै सन्दर्भमा बिहीबार बिहान संसद भवन, नयाँ बानेश्वरमा संयुक्त बैठकको पूर्वाभ्यास सम्पन्न गरिएको छ। पूर्वाभ्यास कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसद सचिवालयका उच्च पदस्थ अधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

संसद सचिवालयका अनुसार राष्ट्रपति पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यसका लागि सुरक्षा, बैठकस्थलको सजावट, ध्वनि व्यवस्थालगायत सम्पूर्ण पक्षको तयारी पूरा भइसकेको बताइएको छ।

नीति तथा कार्यक्रममार्फत सरकारको प्राथमिकता, योजना तथा भावी कार्यदिशाबारे राष्ट्रलाई जानकारी गराउने संवैधानिक परम्परा अनुसार राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

संयुक्त बैठकको पूर्वाभ्यास सफलतापूर्वक सम्पन्न भएसँगै अब सबै तयारी अन्तिम चरणमा पुगेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !