आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 4 May, 2025 12:17 pm
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ६०० रुपैयाँले बढेर एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।








