स्याङ्जाको पुतलीबजारमा आगलागीबाट लाखौंको क्षति
प्रकाशित मिति : 4 May, 2025 1:20 pm
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ मा आगलागीबाट लाखौंको क्षति भएकाे छ ।
हिजाे (शनिबार) बिहान ८ः३० बजेट ७४ वर्षीय खिम बहादुर खत्रीको दुई तले कच्ची घरमा आगलागी भएको घटनाले ठूलो क्षति भएकाे हाे।
प्रारम्भिक अनुसन्धानका अनुसार घरको विद्युत सर्किटमा शार्ट सर्किट हुँदा आगो लागेर घर पूर्ण रूपमा जलेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीका अनुसार आगलागीमा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ, जसमा अन्दाजी ६ तोला सुनका गहना, नगद ७० हजार रुपैयाँ, र भाडाकुडा, लत्ताकपडा सहित कुल २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
यस घटनामा संलग्न अन्य विवरणको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।








